मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
२o८१ पौष २६ शुक्रबार १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुम्कीबासमा पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार १८:o४:oo

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्कीबासको विनयी खोलामा पुल भाँचिएको छ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिँदा सडक अवरुद्ध भएको जानकारी दिए। उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले पुल भाँचिएपछि बाटो अवरुद्ध भएको जानकारी दिँदै डाइभर्सन नबन्दासम्मलाई वैकल्पिक बाटो खोज्ने काम भइरहेको बताए।

एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासि भाँचिएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडकखण्डमा अधिकांश पुलहरू जीर्ण छन्। जसले गर्दा यहाँ पटकपटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको छ।