काठमाडौंको नागार्जुनमा जेसिबीको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
नागार्जुन नगरपालिका– ६ ह्वाइट गुम्बानजिकै सडकमा बा.२ क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट सोही नगरपालिका–६ बस्ने पञ्चकुमारी तामाङकी छोरी ११ वर्षीया अनुशा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेसिबीचालकलाई नियन्त्रणमा लिई प्रहरीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ।