चितवन क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट कांग्रेसले विश्व पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन– १ मै उम्मेदवार बन्न आकांक्षी रहेका स्वर्णिम वाग्लेले टिकट पाएनन् ।
वाग्लेलाई शेखर–गगनको समर्थन थियो भने पौडेल देउवा पक्षका हुन् । यही क्षेत्रबाट त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका थिए ।