१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ असोज २० बिहीबार o९:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लगातारको वर्षाले नारायणी नदीमा पानीको बहाब बढ्यो, गण्डकका ३६ मध्ये २२ वटा ढोका खोलिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार o९:१८:oo

तीन दिनदेखिको लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । नदीको सतह खतरानजिक पुगेपछि नेपाल र भारततर्फमा रहेका ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

‘गण्डक ब्यारेजको विषयमा भारत र नेपालका अधिकारीबीच समन्वय भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘आवश्यकताअनुसार थप ढोका खोलिनेछ । तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन र सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न आग्रह गरिएको छ ।’

पानीको बहाव हेरेर बाँकी रहेका ढोका पनि खोलिने विषयमा छलफल भइरहेको उनले बताए । ब्यारेजमा बिहीबार बिहान साढे ८ बजे दुई लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ । चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ ।