Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज १७ सोमबार १५:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनास्लु हिमालमा पुनः हिमपहिरो : एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असोज १७ सोमबार १५:१२:००

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा  पुनः हिमपहिरो जाँदा  एकजनाको मृत्यु भएको छ । सोमबार बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिराेमा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए  । पहिराेमा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए । 

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकाेप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए । मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ । आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिराे गएको थियो ।

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । उक्त हिमपहिराेमा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमबार गएको हिमपहिराेमा संखुवासभाका अनुप राई र विश्वविख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।