१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज १६ आइतबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हातहतियार बुझाउन निर्देशन

Read Time : < 1 मिनेट
२०७९ असोज १६ आइतबार १७:०१:००

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए ।

हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता गरिनेछ । हातहतियार तोकिएको समयमा नबुझाए कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।