मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Wednesday, 09 July, 2025
२o७९ असोज १५ शनिबार १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जमा स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १५:५१:oo

नेपालगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बाँके जिल्ला अदालतका न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले कार्यालय उद्घाटन गरेका हुन्। 

कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत महराले प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने प्रतिबद्धता जनाए।
 
प्रमुख जिल्ला अधिकारी खत्रीले मतदातस्थल र मतगणनास्थलको सुरक्षा मात्र नभई उम्मेदवार र मतदातालाई समेत सुरक्षा दिने स्पष्ट पारे। उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गराउन बाँके प्रशासन प्रतिबद्ध रहेको जिकिर गरे।
 
बाँके प्रहरी प्रमुख एसपी अधिकारीले पनि मतदान स्थलको संवेदनशीलताको विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिने बताए। उनले यहाँका मतदानस्थल र मतदान केन्द्रको सम्वेदनशीलता अध्ययन गरिएको बताए।
 
कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबारदेखि काम थाल्ने भएको छ । बाँकेमा तीन प्रतिनिधिसभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र छन्।