मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Sunday, 13 July, 2025
२o७९ असोज १५ शनिबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान र लोकतन्त्र बचाउन गठबन्धन आवश्यक : महासचिव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १२:१६:oo

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रको रक्षाका लागि मुलुकमा गठबन्धन आवश्यक रहेको बताएका छन्।

विजया दशमी, दीपावली, छठ र नेपाल संवत ११४३को अवसरमा माओवादी केन्द्र सुन्दरबजार नगर कमिटीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्। गुरुङले भने, ‘प्राप्त उपलब्धीको रक्षा गर्नु र उक्त उपलब्धीलाई स्थायी बनाउन बाम–लोकतान्त्री गठबन्धन बनेको हो। यसको ठीक विपरीत अर्को गठबन्धन, यी उपलब्धी सिध्याउने अभ्यासमा बनेको हुँदा वाम तथा लोकतान्त्रिक गठबन्धनको वैचारिक ध्रुवीकरण आवश्यक छ।’

फरक प्रसंगमा उनले एमाले अध्यक्ष केपी ओलीले संविधानले कतै नदिएको अधिकार प्रयोग गरी दुई पटकसम्म संसद् विघटन र दुई पटकसम्म दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिको प्रयोग गरेर अड्काएर व्यवस्थामाथि नै प्रहार गरेको उल्लेख गरे।