मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १४ शुक्रबार १०:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नक्सालमा खुल्यो यामाहा नेपालको अहिलेसम्मकै ठूलो सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १४ शुक्रबार १०:४६:००

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ‘एमएडब्लू इन्टरप्राइजेज’ लिमिटेडले हालसम्मकै ठूलो यामाहा सोरुम सञ्चालनमा ल्याएको छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’अनुसार एमएडब्लूले नक्सालमा उक्त सोरुम सञ्चालनमा ल्याएको हो । 

बिहीबार एक कार्यक्रममाझ यामाहा मोटर इन्डिया गु्रपका प्रमुख इसिन चिहाना, यमाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिडेफुमी कवाई र एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले सोरुमको संयुक्त उद्घाटन गरे । यो सोरुम नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधासम्पन्न सोरुम भएको कम्पनीले दाबी गरेको छ । 

‘यामाहाको ‘ग्लोबल मोटर स्पोर्टस् लिगेसी’लाई आत्मसात् गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानका रूपमा ‘ब्लु स्क्वायर’ सोरुमलाई लिइएको छ,’ कम्पनीले भनेको छ । यस सोरुममा छिटो सेवा प्रदान गरिनेछ ।

नेपालीहरूको महान् चाडपर्वका अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधासम्पन्न यामाहा सोरुम खोल्न पाउँदा निकै खुसी लागेको यामाहा नेपालका प्रमुख राजु क्षत्रीले बताए ।

स्थापनाकालदेखि नै ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु स्क्वायर’को उत्कृष्ट प्रविधि र पूर्वधारहरूले यामाहा ब्रान्डप्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर छ ।