मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Tuesday, 15 July, 2025
२o७९ असोज १३ बिहीबार १९:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा पोखरा आइपुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १९:४५:oo

दसैँ नजिकिएसँगै मुस्ताङबाट भेडाच्याङ्ग्रा पोखरा आउने क्रमसमेत सुरु भएको छ। हाल पोखरामा १० हुल गरी करिब तीन हजार पाँच सय भेडाच्याङ्ग्रा आइसकेका छन्। अन्य हुल आउने क्रममा छन्। व्यापारीहरूले पोखरा महानगरपालिका वडा नम्बर १ र २५ मा पर्ने पोखरा बाग्लुङ राजमार्गको सडक किनारमा राखी बिक्री वितरण गरिरहेका छन्।

मुस्ताङस्थित चिनियाँ नाका बन्द हुँदा यस वर्ष भेडाच्याङ्ग्राको मूल्य प्रतिगोटा १० देखि १२ हजारसम्म वृद्धि भएको छ । बडादसैँ तथा तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लालगायतका स्थानसँगै छिमेकी देश चीन र तिब्बतबाट व्यापारीहरूले बिक्रीका लागि भेडाच्याङ्ग्रा पोखरा ल्याउने गर्दछन्।

कोरोनाका कारण मुस्ताङस्थित चिनियाँ नाका बन्द भएपछि मुस्ताङका भेडाच्याङ्ग्रा यो वर्ष प्रतिगोटा १० देखि १२ हजार महँगो परेको व्यापारीहरूले बताएका छन्। विगत ७/८ वर्षदेखि मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका राम थापाले गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा खरिदमा १० हजार मूल्य बढी तिर्नुपरेको बताए।

गत वर्ष मुस्ताङमा २८ देखि ३० हजारमा खरिद गरेको च्याङ्ग्रालाई यस वर्ष १० देखि १२ हजारसम्म बढी तिर्नुपरेको उनको भनाइ छ। खरिद मूल्यसँगै पोखरासम्म ल्याउन एक गोटाको करिब दुई हजार पाँच सय खर्च लाग्ने बताउँदै सरदर एउटैको ४० देखि ४२ हजार परेको उनले बताए।

प्रतिगोटा च्याङ्ग्रा हाल ४५ हजारदेखि ४८ हजारसम्ममा र भेडा ३५ हजारसम्ममा बिक्री भइरहेका छन्। कारोनाअघि पोखरामा करिब ४० हजारको हाराहारीमा भेडाच्याङ्ग्रा आउने गरे पनि त्यसपछि मुस्किलले १५ देखि १८ हजारको हाराहारीमा आउने गरेको अर्का व्यापारी रमेश श्रेष्ठ बताउँछन्।