मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार १८:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वतन्त्र उम्मेदवार भन्छन् : ‘स्वतन्त्र’ नाममा पार्टी खोल्नु अनुचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १८:३२:oo

स्वतन्त्र उम्मेदवारहरूले विभिन्न दल गठन गरेर स्वतन्त्र अभियानविरुद्ध षडयन्त्र भइरहेको बताएका छन्। उनीहरूले वास्तविक स्वतन्त्र अभियानकर्ताहरू प्रभावशाली देखिन थालेपछि दल खडा गरेर षडयन्त्र भएको बताएका हुन्। 

बिहीबार रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले स्वतन्त्रको नाममा दल गठन गरेर स्वतन्त्रको अस्तित्व समाप्त पार्न खोजिएको बताए। स्वतन्त्र अभियान र आन्दोलनविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो। केसीले स्वतन्त्र र दलीय उम्मेदवार चिन्न र सचेत हुन सबैलाई आग्रह गरे। उनले यो षडयन्त्रलाई चिर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। 

केसीले संघीयता, समानुपातिक निर्वाचन प्रणाली नेपाली जनताको चाहना र भावना नभएकाले चुनावमार्फत अस्वीकृत हुने बताए। देशमा इतिहासलाई नामेट पार्ने र भविष्यका पुस्तालाई खतरामा पार्ने षडयन्त्रहरू भइरहेको बताए। स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले स्वतन्त्रको नामलाई नकारात्मक असर पार्ने गरी भएका गतिविधिप्रति आपत्ति जनाए। उनले दल दर्ता गरेर उनीहरूको चुनावचिह्न लिनेहरू स्वतन्त्र हुन नसक्ने बताए। 

 स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले काठमाडौं– ९ बाट उम्मेदवारी दिन लागेको जानकारी दिए। प्रजातन्त्र आएको ३० वर्ष पुगे पनि उपलब्धि जिरो भएको उनले टिप्पणी गरे। माओवादी जनआन्दोलनको क्रममा १७ हजार मानिस मारिएको भन्दै मार्नेलाई कसैले कारबाही गर्न नसकेको उनले बताए। निष्ठाको राजनीति गर्न स्वतन्त्रबाट उम्मेदवारी दिने उनले स्पष्ट पारे। उनले पार्टीको दासबाट माथि उठेर आउने पुस्तालाई सम्झेर स्वतन्त्रलाई जिताउनसमेत आमनागरिकहरूलाई आग्रह गरे। समय र आवश्यकताले नयाँ नेतृत्व जन्माउने उनको भनाइ थियो। 

स्वतन्त्र उम्मेदवार सिद्धान्त राईले देशमा सीमित व्यक्तिहरूले मात्र हालिमुहाली गरिरहेको बताए। सोही सीमित वर्ग र जातिका व्यक्तिबाट राष्ट्रलाई मुक्ति दिलाउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिने स्पष्ट पारे। आमनेपाली जनतालाई लोकतन्त्रलाई स्थापित गराउने आफ्नो प्रमुख उदेश्य रहेको उनले सुनाए। उनले भने, ‘विभिन्न भागमा बाँडिएका वर्ग, जाति, क्षेत्र र लिंगका मानिसहरूलाई एक ठाउँमा लिएर नेपालको क्रान्तिलाई जानेछौँ, यो हाम्रो उद्देश्य हुनेछ।’ 

स्वतन्त्र उम्मेदवार इन्जिनियर आरपी महतोले देशको अवस्था बिग्रिएको भन्दै स्वतन्त्र नागरिकहरूले सशक्त रूपमा बढेको बताए। देशलाई बिगार्नेकोे विरुद्ध निस्किएको वैकल्पिक शक्ति स्वतन्त्र भएको बताए। परिवर्तन ल्याउने शक्ति नै स्वतन्त्र भएको स्पष्ट पारे। स्वतन्त्र उम्मेदवार निरन्जन पुडासैनीले हत्या, अपहरण दोषी ठहर भएको मानिसहरूलाई जेल नभई सुधारगृह पठाउनुपर्ने बताए । उनले महिलाहरूको सुरक्षामा आफूले जोड दिएको बताए। स्वतन्त्र उम्मेदवारले दलहरूलाई धक्का दिने निश्चित भएसँगै देशमा व्यापक परिवर्तन आउन लागेको बताए। 

स्वतन्त्र उम्मेदवार केदारनाथ पाण्डेले आमनागरिकले परिवर्तन चाहेको बताए। परिवर्तनको लागि अब बाँकी भएको समय दिन चाहेको उनले स्पष्ट पारे। देश परिवर्तनको लागि आगामी निर्वाचनमा मैदानमा उत्रिन खोजको बताए। जित हासिल गरे वा नगरे पनि मतलाई सम्मान गर्दै आफूभन्दा योग्य व्यक्ति आए आफू उम्मेदवारी त्याग्न तयार रहेको सुनाए। स्वतन्त्र उम्मेदवारहरूको एजेन्डा सम्पदाको रक्षा गर्ने रहेको छ।