मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १० सोमबार
  • Wednesday, 12 March, 2025
२o७९ असोज १० सोमबार १५:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इटलीमा दोस्रो विश्वयुद्धपछि अति दक्षिणपन्थी शक्ति सत्तामा आउने निश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार १५:३o:oo

इटालीको आमनिर्वाचनमा जोर्जा मलोनी विजयनजिक पुगेकी छिन्। 

यससँगै मलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने पक्का भएको छ। मलाेनीकाे जितसँगै इटलीमा दोस्रो विश्वयुद्धपछि अति दक्षिणपन्थी शक्ति सत्तामा आउने निश्चित भएकाे हाे।  

उनको पार्टी ब्रदर्स अफ इटालीले २६ प्रतिशत भोट जितेको अनुमान गरिएको छ, जसको अर्थ उनी इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। 

उनको दक्षिणपन्थी गठबन्धन माटियो साल्भिनीको लिग र पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको फोर्जा इटालियासहित संसद्को दुवै सदनमा नियन्त्रण छ।

मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सबै इटालियनहरूका लागि शासन गर्ने वाचा गरिन्। साथै उनले जनतालाई धोका नदिने विश्वास दिलाइन्। 

चुनावमा जित सुनिश्चित भएपछि उनले आफ्नो छविलाई नरम पारे पनि  इटालीको फासिस्ट विगतसँग जोडिएको उनको विगतलाई लिएर टीका–टिप्पणी सुरु भएको छ।

मलोनीले आफू नरम र परिवर्तनलाई आत्मसात् गर्ने बताए पनि उनले विगतमा  फासिस्टहरूले अपनाएको पुरानो नारा ‘भगवान्, पितृभूमि र परिवार’ अंगालेकी छिन्।

चुनावमा गठबन्धन बनाउन असफल भएका मलोनीका प्रतिद्वन्द्वी डेमोक्य्राटिक पार्टीका एनरिको लेटाले दोस्रो स्थान हासिल गरेका छन्।