मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज ८ शनिबार १९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुसले सैनिक बन्दोबस्तीको जिम्मेवारी नयाँ व्यक्तिलाई दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १९:५९:oo

युक्रेनको सैन्य कारबाहीका परिचालन अभियानबीच रुसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरलको प्रतिस्थापन गर्ने घोषणा रुसले शनिबार गरेको छ। 'सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उहाँको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ,' रक्षा मन्त्रालयले टेलिग्राम सन्देशमा भनेको छ।

युक्रेनको बन्दरगाह सहर मारिउपोललाई गत मे महिनामा रुसी सेनाले कब्जामा लिएको आरोपमा ६० वर्षीय मिजिनत्सेभमाथि बेलायतले प्रतिबन्ध लगाएको छ। सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रुसी सेनामा महत्वपूर्ण बन्दोबस्तीका त्रुटिहरूको उजागर गरेको भनाइहरू आइरहेका समय यो जिम्मेवारी परिवर्तन भएको हो। 

केही विश्लेषकहरूले बन्दोबस्ती रुसी सेनाको कमजोर कडी भएको पनि विश्वास गर्छन्। यसका कारण आक्रमणको सुरुवातपछि कठिनाइहरू निम्त्याउँदछ। रुसमा बुधबार घोषणा गरिएको आंशिक परिचालन सशस्त्र बलका लागि बन्दोबस्ती एक सशक्त चुनौती हो। रुसभरिबाट आउने लाखौँ जगेडा सैनिकहरूलाई युद्धभूमिमा तैनाथ गर्नुअघि बोलाउनु, सुसज्जित र प्रशिक्षित गर्नु आवश्यक छ।