१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३ सोमबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा एस र जसपाले पनि बुझाए बन्दसूची 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १८:४o:oo

नेकपा (एकीकृत समाजवादी)ले पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

सोमबार अपराह्न निर्वाचन आयोगमा पुगेर समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। 

उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेश सभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाइएको बताए। तुलाधरले भने, ‘संविधान र कानुनको परिभाषाभित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौँ।’

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ।

तर, प्रदेश सभाको सबै सिटमा भने उम्मेदवार नदिइएको नेता केशव झाले बताए। उनले भने, ‘पार्टी केन्द्रीय समितिको निर्णयअनुसार समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छौँ। प्रदेश सभाको भने सबै सिटमा उम्मेदवारी दिएका छैनौँ।’

निर्वाचन आयोगले भने दलहरूलाई नामावली सच्याउनका लागि असोज १६ गतेसम्मको समय दिइएको र २२ गते त्यसको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ।