१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
आफूले लडाएका खेलाडीलाई उठाउँदै अन्ताल्यास्पोरका जापानिज खेलाडी सोया (बायाँ), रातोकार्डपछि मैदानबाट बाहिरिँदै (दायाँ)
२o८१ बैशाख २३ आइतबार o८:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

डेब्युको २० सेकेन्डमै रातो कार्ड

विपक्षी खेलाडीलाई पछाडिबाट डरलाग्दो ट्याकल गर्दा जापानी खेलाडी सोयाले मैदान छिरेको २० सेकेन्डमै रातो कार्ड पाए । उनले मैदानमा एकपटक पनि बल छुन पाएनन् ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४७:oo

जापानका अन्तर्राष्ट्रिय खेलाडी सोया नाकाजिमा टर्किस क्लबमा हालै मात्र आबद्ध भएका थिए । सोया पोर्चुगाली क्लब एफसी पोर्टोबाट अनुबन्धित भएका थिए । टर्किस क्लब अन्ताल्यास्पोरबाट उनको शनिबार पहिलो खेल थियो । टर्किस क्लब अन्ताल्यास्पोरले लिगमा अडना डेमिस्पोरविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यसै खेलमा सोयाले डेब्यु अवसर पाएका थिए । तर, सोयाको डेब्यु सम्झनलायक भएन । उनी मैदान छिरेको केवल २० सेकेन्डमै रातो कार्ड सामना गरे । 

सोयाले विपक्षी खेलाडीलाई पछाडिबाट ट्याकल गरेका कारण रेफ्रीले सीधै रातो कार्ड देखाए । अन्ताल्यास्पोरसँग दुई वर्ष सम्झौता गरेका सोयाले आफ्नो डेब्यु कहिल्यै पनि बिर्सन नसक्ने जनाएका छन् । रातो कार्ड बेहोर्नुअघि उनले एकपटक पनि बल छुन पाएका थिएनन् । बललाई एकपटक पनि टच नै नगरी उनले रातो कार्ड पाए । फुटबल इतिहासमा मैदानमा बल नै नछोईकन रातो कार्ड पाउने खेलाडी थोरै छन् । यो खराब इतिहासमा सोयाले पनि आफ्नो नाम दर्ता गराएका छन् । प्रतिस्पर्धामा घरेलु टोली अन्ताल्यास्पोर १–० ले पछाडि थियो । 

खेलको ५९औँ मिनेटमा सोया मैदानभित्र प्रवेश गरेका थिए । अन्ताल्यास्पोरका प्रशिक्षकले उनलाई मैदानमा छिराउँदै खेल बराबरी गर्ने योजना बनाएका थिए । तर, जापानिज राष्ट्रिय टोलीका विंगरसमेत रहेका सोयाले क्लब तथा प्रशिक्षकको मन जित्न सकेनन् । रेफ्रीले आफ्नो निर्णयमा भारको प्रयोग गरेका थिए । 
टेलिभिजन रिप्लेमा समेत सोयाको ट्याकल नियतवश नै देखिएको थियो । यसै कारण रेफ्रीको निर्णय सही ठह¥याएको थियो । टेलिभिजन रिप्लेमा सोयाले विपक्षी खेलाडीको ‘एंकल’मै ट्याकल गरेका थिए । यसै कारण उनले रातो कार्ड पाएका हुन् । रेफ्रीको निर्णसँगै सोया मन्द मुस्कानसहित मैदानबाट बाहिरिए । उनले केही पनि प्रतिक्रिया जनाएनन् । 

 सोयाको रातो  कार्डमा आमा दुःखी
सोयाको डेब्यु खेल हेर्न रंगशालामा उनका परिवार पनि थिए । अझ सोयाकी आमा दर्शकदिर्घामा बसेकी थिइन् । युरोपियन भूमिमा छोराको प्रदर्शन हेर्न उनी टर्की पुगेकी थिइन् । मध्यान्तरपछि छोरा सोया मैदानभित्र प्रवेश गर्दा आमा निकै दंग भइन् । तर, आमाको खुसी एकैछिनमा दुःखमा परिणत भयो । आमाले छोरालाई २० सेकेन्डमै रातो कार्ड दिन्छ भन्नी कल्पनासमेत गरेकी थिइनन् । रातो कार्डसँगै सोयाकी आमाले आँसु झारिन् । अनुहार छोप्दै आमाले दुःख मनाइन् । प्रतिस्पर्धामा सोयाले मात्र रातो कार्ड पाएका थिएनन् । यस खेलमा थप दुईजनाले पनि रातो कार्डको सामना गरेका थिए । यस खेलमा अन्ताल्यास्पोर ३–० ले पराजित भयो । 

ad
ad