१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

 आगलागीपीडितलाई प्रभु बैंकको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:३८:oo

बागलुङ नगरपालिका- १२ अमलाचौर डाँडाखेतका आगलागीपीडितलाई प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ। गत बुधबार घरमुनिको जंगलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका आगलागीपीडितलाई शनिबार प्रभु बैंक बागलुङ शाखाले घरमै पुगेर आर्थिक सहयोग गरेको हो। 

आगलागीबाट पीडित यदुनाथ पौडेल र ददिराम पौडेलको परिवारलाई नगद २१ हजार दुई सय ५० रुपैयाँको चेक हस्तान्तर गरिएको हो। पीडित परिवारलाई गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी र प्रभु बैंक बागलुङ शाखाका प्रबन्धक दीपक शर्माले सहयोग हस्तान्तरण गरेका थिए।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको बैंकका बागलुङ शाखा प्रवन्धक शर्माले बताए। 
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय, सामाजिक, शैक्षिक, जनस्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ। पीडित परिवारलाई गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले पनि १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। सुवेदीले विपतको वेला थोरै रकमले पनि धेरै राहत हुने हुँदा थोरै भए पनि सहयोग गरेको बताए। 

गत बुधबार जैमिनी नगरपालिका– १ कुश्मिशेराको टुनिबाेट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तीमा प्रवेश गरेपछि बस्तीको छेउमा भएका घरगोठमा आगोलागी भएको थियो। आगलागीबाट यदुनाथको १ घर र १ गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। 

उनको गोठमा रहेका दुई भैँसी, तीन गाई र पाँचवटा बाख्रा पनि आगलागीमा परेर मरेका थिए।  सोही ठाउँका ददिरामको दुई गोठ जलेका छन भने गोठमा रहेका एक गाई र एक बाख्रा जलेर मरेका छन्। 

उनका दुई गाई र दुई भैँसी गम्भीर घाइते भएका छन्। आगलागीबाट लाखौँ रकमबराबरको सम्पत्ति नष्ट भएको पीडित परिवार बताउँछ। उनीहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन्। 

ad
ad