महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विगतको बयानमा हस्ताक्षर गराएर मात्र प्रतिप्रश्न गर्ने भएको छ। एमाले सांसदहरूकाे विगतको बयानमा हस्ताक्षर गराउनुपर्ने अडानपछि प्रतिप्रश्न सोध्ने काम पछि धकेलिएको छ।
समितिको सचिवालयले आज बिहान ९ बजेदेखि जबरालाई पूरक प्रश्न गर्ने तयारी गरेको थियो। तर, एमाले सांसदहरूले पहिले जबराले विगतमा बोलेका विषयका सन्दर्भमा समितिले गरेको अभिलेखमा हस्ताक्षर गराउनुपर्ने अडान लिए।हस्ताक्षरपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, डकुमेन्टहरू मगाउनुपर्ने र त्यसपछि मात्र पूरक प्रश्नको सूची तयार गरेर पूरक प्रश्न सोध्नुपर्ने उनीहरूले अडान लिए।
एमालेकाे अडानपछि प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर समितिले जबरालाई पहिले समितिमा दिएकाे बयानमा हस्ताक्षर गराउँदै छ।