मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २९ बुधबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारका लागि काउन्सिलको निःशुल्क स्वास्थ्य शिविर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार १७:o५:oo

प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ । ५३औँ वार्षिकोत्सवको अवसर पारेर असोज २ गते सञ्चारग्रामस्थित काउन्सिलको प्रांगणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म शिविर सञ्चालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

शिविरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको स्वास्थ्य विशेषज्ञको टोलीबाट जनरल मेडिसिन, स्त्री रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग र बाल रोगको परीक्षण हुनेछ । साथै ल्याब, इसिजी, अल्ट्रासाउन्डसहितको सेवा उपलब्ध हुनेछ ।