१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २९ बुधबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरेन्द्रनगरले मुख्य बजार क्षेत्रका अवैध संरचना हटाउन थाल्यो

Read Time : < 1 मिनेट
२०७९ भदौ २९ बुधबार १६:४१:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्रमा रहेको मंगलगढी चोकदेखि गणेश चोकसम्मका अवैध संरचना हटाउन सुरु गरेको हो । 

मुख्य बजार क्षेत्रमा रहेका विद्युत्, नेपाल टेलिकमका पोल तथा तारहरू र सडक किनारमा रहेका अशोकका रूखहरू हटाउन थालेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका कारणले कुरुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको पूर्वजानकारीअनुसार संरचना हटाउनु सुरु गरेको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए । 

नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने तयारी थालेको नगरपालिकाले जनाएको छ ।