Skip This
नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी सहायता सामग्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o७९ भदौ २८ मंगलबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी सहायता सामग्री

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १४:१६:oo

नेपाल सरकारले विपतमा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ। पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो।

विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताइन्।

यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ। राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको छ। टोलीमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी छन्।

पाकिस्तानका बाढीपीडितलाई उपलब्ध गराइएको राहत सामग्रीमा अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ताकपडालगायत छन्। ती सामग्री कराँचीस्थित जिना अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिने प्रवक्ता लम्सालले बताइन्।

पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पुर्‍याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारको तर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायतास्वरूप यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। 

नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद एक करोड सहयोग गरेको थियो। पाकिस्तानले पनि ०७२ को विनाशकारी भूकम्पका पीडितलाई राहतस्वरूप नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो।