Skip This
संविधान दिवसमा एमालेले काठमाडौंमा जनपदयात्रा गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २८ मंगलबार o८:४८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संविधान दिवसमा एमालेले काठमाडौंमा जनपदयात्रा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार o८:४८:oo

एमालेले आठौँ संविधान दिवसका अवसरमा पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा जनपदयात्रा आयोजना गर्ने भएको छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने उद्देश्यले १ असोजमा ओलीको नेतृत्वमा ‘विशाल जनपदयात्रा’ आयोजना गरिएको एमालेले जनाएको छ ।बिहान ७ बजेबाट ‘मर्निङ वाक ड्रेस’मा पदयात्रामा ठूलो संख्यामा सहभागी गराउने गरी एमालेको तयारी छ । ‘राष्ट्रको समृद्धि र जनताको सुःखका लागि हरेकका एक–एक समवेत कदम’ नारासहित पदयात्रामा सहभागिताका लागि एमालेले आह्वान गरेको छ ।

‘जनआन्दोलनमा सहभागी भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा योगदान पु¥याउने आमनागरिकलाई हामीले पदयात्रामा सहभागी हुन आह्वान गरेका छौँ’ केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले भने, ‘संविधान दिवस आपैmँमा राष्ट्रिय एकता र राजनीतिक एकीकरणको अभियान हो, त्यसैले यसलाई अझ सशक्त बनाउन, संघीयतालाई अझ सबल बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षपाती सबै नागरिकको साझा कार्यक्रमका रूपमा हामीले जनपदयात्रा आयोजना गर्दै छौँ ।’

उपत्यकाका विभिन्न पाँच स्थान नयाँबानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपन्डोलबाट सहभागितामा सुरू हुने जनपदयात्रा वसन्तपुरमा पुगेर विसर्जन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । नयाँबानेश्वर चोकबाट सुरु हुने जनपदयात्राको नेतृत्व भने अध्यक्ष ओलीले गर्नेछन् । अन्य स्थानबाट हुने पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेललगायतका नेताहरूले गर्नेछन् । वसन्तपुरमा ओलीको सम्बोधनपछि कार्यक्रम समापन हुनेछ । 

निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले कार्यक्रम १ असोजलाई तय गरेको हो । जनपदयात्रा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने गरी एमालेले तयारी अगाडि बढाएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टीमा आबद्ध मोर्चा संगठन, सम्पर्क मञ्च, विभागका प्रमुख र सचिवहरूको बैठकमा उपमहासचिव विष्णु रिमालले जनपदयात्रामा उल्लेख्य सहभागिता गराउन निर्देशन दिए ।

उनले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महŒव दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यस वर्ष जनपदयात्रा आयोजना गर्न लागेको बताए । त्यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।