१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Monday, 01 July, 2024
दीपक भट्ट रामेछाप
२o७९ भदौ २४ शुक्रबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापमा बाबु–छोराबीच खुकुरी हानाहान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १९:४२:oo

रामेछाप नगरपालिका– ६ ओख्रेनीमा बिहीबार राति बाबु र छोराबीच खुकुरी हानाहान भएको छ। मादक पदार्थ सेवन गरेर घरायसी विवाद निकालेपछि सोही विवाद बढ्दै जाँदा बाबु–छोराबीच खुकुरी हानाहान भएको हो। 

मादक पदार्थ सेवन गरेका ४५ वर्षीय बाबु केशर विकले उनका १६ वर्षीय छोरा विनोद विकलाई खुकुरी हानेका थिए। बाबुले विनाकारण विवाद निकालेर खुकुरी हानेपछि छोरा विनोदले पनि बाबुलाई खुकुरी हानेका थिए।

खुकुरी प्रहारबाट दुवैजना घाइते भएका छन्। दुवैजना जिल्ला अस्पतालमा उपचार गरेर घर फर्किएका छन्। खुकुरी प्रहारबाट बाबु केशरको नाकमा र छोरा विनोदको पेटमा चोट लागेको प्रहरी चौकी रामेछाप डाँडाले जनाएको छ। 

ad
ad
ad
ad