१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ भदौ २४ शुक्रबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘क्युएए’का लागि बबई क्याम्पसकाे मूल्यांकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार ११:५२:oo

पश्चिम दाङको गौरवका रूपमा रहेको राप्ती बबई क्याम्पस तुलसीपुरलाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रदानका लागि अनुगमन गरिएको छ। । प्रा.डा. देवराज अधिकारीसहितको टोलीले मंगलबारदेखि बिहीबारसम्म अनुगमन गरेको हो।

अनुगमनपश्चात् उक्त टोलीले केही सुझाव दिएको छ। क्याम्पस व्यवस्थापन समिति तथा प्रशासनले ती सुझावको जवाफ जति छिटो पठाउँछ, त्यहीअनुसार क्युएए प्रदानको काम अघि बढ्ने प्रा.डा. अधिकारीले बताए। उनका अनुसार आफूहरूले काउन्सिलमा सिफारिस गर्ने र काउन्सिलले अयोगलाई पठाएपछि आयोगले त्यसको निर्णय गर्नेछ। ‘हामीले एक वर्षअघि पहिलो चरणको अनुगमन गरेका थियौँ, त्यतिवेला धेरै सुझावहरु दिएका थियौँ,’ उनले भने, ‘अहिले आउँदा ती कुराहरूमा सुधार भएका छन्। केही सुधार गर्नुपर्ने कुराहरूलाई हामीले सुझाव दिएका छौँ।’

टोलीले क्याम्पस व्यवस्थापन समिति, विभागीय शिक्षक, विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुका साथै भौतिक अवस्थाको पनि अवलोकन गरेको थियो।  क्युएए प्राप्तिका लागि नीति बनाएको र कार्यनीतिमा लैजाने कुरामा पनि क्याम्पसले खेलेको भूमिका सकारात्मक रहेको अधिकारीले बताए। उनका अनुसार क्युएए प्राप्त क्याम्पसको विश्वव्यापी महत्व हुन्छ। क्युएए प्राप्त भएपछि विश्वविद्यालयले अनुदान पनि बढी दिने गरेको छ। नियमित अनुदानमा थप गरेर प्रत्येक उत्तीर्ण विद्यार्थीबराबर ३५ हजार रुपैयाँ दिइने उनले बताए।

उक्त अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले चार भागमा विभाजन गरेर सुझाव दिएको र त्यसलाई चाँडै आफूहरूले ‘रेस्पोन्स’ गर्ने बताए। टोलीले क्याम्पसमा किताबी ज्ञान मात्रै नभई अनुसन्धानलाई जोड दिन र विद्यालयलाई प्रविधिमैत्री बनाउन टोलीले सुझाव दिएको छ। क्याम्पसले क्युएए प्राप्त गरेमा अझ चुनौती थपिने बताउँदै देवकोटाले आफूहरू निरन्तर गुणस्तर शिक्षामा लाग्ने प्रतिबद्धता जनाए।

ad
ad
ad
ad