रुसको युक्रेनमाथिको आक्रमण र पश्चिमविरुद्धको आणविक हतियार प्रदर्शनले आणविक हतियारको बहसलाई पुनर्जीवित गरेको छ । गतवर्ष यस्ता हतियारमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघीय सन्धि ल्याउँदा त्यसको पक्षमा हस्ताक्षर गर्ने ८६ राष्ट्रमा आणविक हतियारले सुसज्जित नौवटै राष्ट्रहरू त्यसमा सरिक भएनन् । यी राष्ट्रले सम्पूर्ण मानवजातिलाई जोखिममा पार्ने हतियार राख्ने औचित्य कसरी पुष्टि गर्न सक्छन् ?यो एउटा समय सान्दर्भिक प्रश्न हो । तर, यसलाई अर्को पक्षबाट पनि हेर्नुपर्ने हुन्छ– यदि अमेरिकाले सन्धिमा हस्ताक्षर गथ्र्याे र आफ्ना आणविक हतियार नष्ट गथ्र्याे भने के उसले अझै पनि युरोपमा थप रुसी हमलालाई रोक्न सक्ने
थियो ? यदि उत्तर सक्ने थिएन भन्ने आउँछ भने आणविक युद्ध अवश्यंभावी हो त भनेर पनि सोच्नुपर्ने हुन्छ ।
यो नयाँ प्रश्न होइन । सन् १९६० मा बेलायती वैज्ञानिक तथा उपन्यासकार सिपी स्नोले एक दशकभित्र आणविक युद्ध ‘गणितीय हिसाबले सुनिश्चित’ रहेको निष्कर्ष निकालेका थिए । त्यो एउटा अतिशयोक्ति थियो होला । यद्यपि धेरैले एक शताब्दीभित्र पनि आणविक युद्ध भड्कियो भने स्नोको भविष्यवाणी प्रमाणित भएको मानिने सोचेका थिए । सन् १९८० को दशकमा हेलेन काल्डिकोटजस्ता ‘न्युक्लियर फ्रिज’ अभियन्ताले आणविक हतियार थुपार्दै जाने प्रवृत्तिले ‘आणविक युद्धको गणितीय सुनिश्चितता गर्ने’ चेतावनी दिँदै स्नोको भनाइलाई समर्थन गरे ।
आणविक हतियार उन्मूलनको वकालत गर्नेहरूले अक्सर के कुरा उल्लेख गर्ने गर्छन् भने यदि तपाईंले एकपटक हावामा सिक्का उछाल्नुभयो भने तपाईंले ‘हेड’ प्राप्त गर्ने सम्भावना ५० प्रतिशत हुन्छ । तर, तपार्इंले दशपटक सिक्का उछाल्नुहुन्छ भने हेड पर्ने सम्भावना ९९.९ प्रतिशत हुन्छ । आगामी ४० वर्षमा आणविक युद्ध हुने सम्भावना एक प्रतिशत भयो भने आठ हजार वर्षपछि त्यो ९९ प्रतिशत हुनेछ । ढिलो वा चाँडो यो दुर्घटना हामीमाथि बज्रिन आइपुग्न सक्छ । हरेक वर्ष जोखिमलाई आधा कटौती गर्दै गयौँ भने पनि हामी कहिल्यै यसलाई शून्यमा झर्न सक्दैनौँ ।
तर, आणविक हतियारको सम्बन्धमा सिक्काको हेड वा टेलको उपमा (मेटाफोर) मिल्दैन किनभने सिक्कामा हेड वा टेल पर्ने स्वतन्त्र सम्भावना विद्यमान भएको मानिन्छ, तर मानव अन्तक्र्रिया डाइसका गोटी जस्तै हुन् । एकपटक सिक्का उछाल्दा जे नतिजा आउँछ, अर्कोमा त्यही नआउन सक्छ । सन् १९६२ मा आणविक युद्धको उच्च सम्भावना थियो । तर, क्युबा मिसाइलसंकटलगत्तै सन् १९६३ मा आणविक युद्धको सम्भावना पहिलेभन्दा न्यून थियो । औसत नियमको सामान्य रूप जटिल मानव अन्तत्र्रिmयामा लागू हुन्छ नै भन्ने हुँदैन । सिद्धान्ततः मानवको उचित छनोटले सम्भावना घटाउन सक्छ ।
आणविक युद्धको सम्भावना स्वतन्त्र र अन्योन्याश्रित सम्भावनामा निर्भर छ । एउटा विशुद्ध आकस्मिक युद्धमा हेड वा टेलको मोडल लागू हुन सक्ला, तर यस्ता युद्ध बिरलै भएका छन्, साथै कुनै पनि दुर्घटनाको विस्तार सीमित हुने सम्भावना रहन्छ । यसबाहेक कुनै आकस्मिक द्वन्द्व सीमित रह्यो भने त्यसले रोकथामका पहलकदमी निम्त्याउनेछ र ठूलो युद्धको सम्भावनालाई थप सीमित बनाउनेछ । अवधि जति लामो हुन्छ, चिजमा परिवर्तनको सम्भावना उति नै धेरै हुन्छ । आठ हजार वर्षमा मानिसहरूसामु आणविक युद्धभन्दा पनि चिन्ता गर्नुपर्ने अन्य जल्दाबल्दा समस्या समस्या हुन सक्छन् ।
सामान्यतया हामीलाई अन्तरनिर्भर सम्भावनाहरू के हुन सक्छन् भन्ने थाहा हुँदैन । तर, यदि हामीले आफ्नो विश्लेषणलाई द्वितीय विश्वयुद्धपछिको इतिहासमा आधारित गर्याैं भने आणविक युद्धको वार्षिक सम्भावना उच्च नरहेको अनुमान गर्न सक्छौँ ।क्युबा मिसाइल संकटको अवधिमा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले आणविक युद्धको सम्भावना ३३ देखि ५० प्रतिशत भएको आकलन गरेका थिए । तर, त्यसको अर्थ असीमित आणविक युद्ध नै भन्ने थिएन । युद्धको २५औँ वार्षिकीको अवसरमा सहभागीसँगको अन्तर्वार्तामा केनेडीले दिएको अभिव्यक्तिले अमेरिकी आणविक सर्वोच्चताका बाबजुद उनी आणविक युद्धको थोरै सम्भावनाबाट समेत विचलित भएको बुझ्न सक्छौँ । नतिजा अमेरिकाकै पक्षमा आउँछ भन्ने थिएन । त्यसैकारण ऊ सम्झौतामा लाग्यो र टर्कीबाट अमेरिकी मिसाइल चुपचाप हटायो ।
पहिलो हाइड्रोजन बमका डिजाइनर रिचार्ड गार्विनले हिसाब निकालेका छन्, ‘यदि यो वर्ष आणविक युद्धको सम्भाव्यता एक प्रतिशत छ र प्रत्येक वर्ष हामीले यसलाई अघिल्लो वर्षको भन्दा ८० प्रतिशत मात्र घटाउने व्यवस्था मिलायौँ भने पनि आणविक युद्धको पाँच प्रतिशत सम्भावना सधैँ रहिरहनेछ ।’
गणितीय हिसाबले अवश्यंभावी तर्कलाई केही मानिसले एकपक्षीय आणविक निःशस्त्रीकरणलाई जोड दिन प्रयोग गरेका छन् । शीतयुद्धको नारालाई उल्टाउनु नै भावी पुस्ताको हितमा हुनेछ । तर, आणविक ज्ञानलाई खारेजै गर्न भने सकिँदैन । फरक–फरक विचारधारा राख्ने नौ आणविक शक्ति–सम्पन्न राष्ट्रमाझ यी हतियारको उन्मूलनका लागि सहकार्य र समन्वय एकदमै कठिन प्रतीत हुन्छ । कसैले एकपक्षीय रूपमा आणविक हतियारको उन्मूलनतर्फ कदम चाल्दा आक्रमणकारीलाई नै हौसला पुग्ने भई दुःखद युद्धको सम्भावना थप बढ्नेछ ।
उपयोगिता र जोखिमको यो स्वीकृतिले सुदूर भविष्यका पुस्ताका निम्ति के अर्थ राख्छ अथवा आठ हजार वर्षपछिका मानिसले यसलाई कसरी लेलान्, हामीलाई थाहा छैन । उनीहरूप्रतिको हाम्रो नैतिक दायित्वले हामीलाई मानव अस्तित्वप्रति एकदमै होसियारीका साथ व्यवहार गर्न बाध्य पार्छ । अनि यो दायित्व पूरा गर्न हामी पूर्ण जोखिमविहीन हुनैपर्छ भन्ने पनि छैन । हामीले मानव अस्तित्वलाई बचाइराख्ने कुरा पनि यसमा समावेश छ । त्यो कुरा सदियाँैदेखिका अज्ञात मानिसको चासोलाई वर्तमानमा अज्ञात योगफलमा जम्मा गर्ने प्रयत्नभन्दा फरक हो । जोखिम सदैव मानवजीवनको अभिन्न अवयव रहिरहनेछ ।
न्युक्लियर डिटरेन्स (दुष्परिणामको भय देखाएर अर्काे पक्षलाई निरुत्साहित गर्ने कार्य) प्रयोजनियताको विरोधाभासमा आधारित छ । यदि आणविक हतियार पूर्ण रूपमा प्रयोगका लागि अयोग्य छन् भने तिनले अरूलाई निरुत्साहित गर्न सक्दैनन् । तर, ती बढी नै प्रयोगयोग्य भए भने पनि विनाशकारी आणविक युद्ध निम्त्याउन सक्छन् । यस प्रयोजनियताको विरोधाभास र मानव अन्तर्क्रियासँग सम्बन्धित अन्तरनिर्भर सम्भावनाहरूका कारण हामी ‘जस्ट डिटरेन्स (न्यायोचित निरुत्साहन)’ को संरचना के हुन सक्छ भनेर उत्तर खोज्न सक्दैनौँ । यसकारण, न्युक्लियर डिटरेन्स न त पूरै सही छ, न त गलत नै । त्यसैले, डिटरेन्सप्रतिको हाम्रो स्वीकृति ससर्त हुनुपर्छ ।
युक्रेन युद्धले हामीलाई अनिश्चितता र जोखिमबाट जोगिने कुनै बाटो छैन भन्ने देखाएको छ । आणविक हतियारको भूमिका न्यूनीकरणको उद्देश्य पहिलेभन्दा अहिले झनै महत्वपूर्ण बनेको छ ।
सदियौँदेखि चल्दै आएको न्यायपूर्ण युद्धको मान्यताले तीनवटा सान्दर्भिक पूर्वसर्त पूरा हुनुपर्ने सुझाब दिन्छ– न्यायपूर्ण र समानुपातिक कारण, स्रोतसाधनको सीमित प्रयोग र सबैखाले परिणामहरूको विवेकपूर्ण विचार । यी सर्तहरूबाट मैले पाँचवटा आणविक नीति कोरेको छु । मनसायको सन्दर्भमा, आत्मरक्षा न्यायोचित तर सीमित कारण हो भन्ने हामीले बुझ्नुपर्छ । साधानका रूपमा, हामीले आणविक हतियारलाई कहिल्यै पनि सामान्य हतियारका रूपमा लिनुहँुदैन र निर्दाेष मानिसलाई हुन सक्ने हानि न्यूनीकरण गर्नुपर्छ । परिणामको सम्बन्धमा, हामीले तत्कालका लागि आणविक युद्धको जोखिम कम गर्ने र बिस्तारै परमाणु हतियारहरूमा हाम्रो निर्भरतालाई घटाउँदै लाने प्रयास गर्नुपर्छ । गोदाममा थन्क्याएर राखिएको बममा पनि थोरै खतरा त हुन्छ, तर अग्रमोर्चामा राखिएको बलले जस्तो खतरा गर्दैन ।
युक्रेन युद्धले हामीलाई अनिश्चितता र जोखिमबाट जोगिने कुनै बाटो छैन भन्ने देखाएको छ । आणविक हतियारको भूमिका न्यून गर्ने (समाप्त गर्ने होइन) उद्देश्य समयसँगै पहिलेभन्दा अहिले झनै महत्वपूर्ण बनेको छ । पहिलो हाइड्रोजन बमका डिजाइनर रिचार्ड गार्विनले हिसाब निकालेका छन्, ‘यदि यो वर्ष आणविक युद्धको सम्भाव्यता एक प्रतिशत छ र प्रत्येक वर्ष हामीले यसलाई अघिल्लो वर्षको भन्दा ८० प्रतिशत मात्र घटाउने व्यवस्था मिलायाैँ भने पनि आणविक युद्धको पाँच प्रतिशत सम्भावना सधैँ रहिरहनेछ ।’ त्यस सम्भावनासँग हामी नैतिक जीवन बाँच्न सक्छौँ ।