काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत पदमा आज वसन्त अधिकारीले पदबहाली गरेका छन्। भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन्।
पदबहाली भएसँगै उनले प्रशासनको अभिभावकका रूपमा काम गर्ने बताए। ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगर सभाको अभिभावकत्व रहन्छ। म प्रशासनको अभिभावकत्व गर्छु। कार्यसम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्यांकन गर्छु,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘वडा सशक्त हुनुपर्छ। वडाले गर्ने ८८ वटा काम छन्। तीमध्ये ३५ प्रकारका सिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ। महानगरसँग अहिले धेरैको अपेक्षा छ। त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ।’