मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७९ भदौ २२ बुधबार ११:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेनरोडमा पर्ने घरको नक्सा लिएर आउन वीरगन्ज महानगरको ३५ दिने सूचना

Read Time : < 1 मिनेट
२०७९ भदौ २२ बुधबार ११:४५:००

वीरगन्ज महानगरपालिकाले १ नम्बर मेनरोडको दायाँ–बायाँमा पर्ने घरहरूको नक्सा महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार मेनरोडको दायाँ–बायाँमा पर्ने घरहरूको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको हो। 

महानगरपालिकाले जारी गरेको सूचनामा १ नम्बर मेनरोड उत्तर गण्डक चोकदेखि पावरहाउस चोक, मुर्ली चोकदेखि दक्षिण घन्टाघर, माइस्थान,आदर्शनगर,बिर्ता, छपकैया, भन्सार हुँदै शंंकराचार्य गेटसम्मको घरको नक्सा पास भए–नभएको विवरण महानगरपालिकामा बुझाउन उल्लेख छ।

यस्तै, महानगरले महानगरपालिकाबाट नक्सा पास गरे–नगरेको प्रमाणसहित आगामी असोज २५ गतेसम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा उपस्थित हुन पनि भनिएको छ।