१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ भदौ २१ मंगलबार १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केपी ओली अर्को राजतन्त्र हुन् : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १२:५o:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी ओली राजा फालेपछिको अर्को राजतन्त्र भएको आरोप लगाएका छन्।

एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली–मेची युवा जागरण अभियानलाई हेटौँडामा स्वागत गर्दै पार्टी उपाध्यक्षसमेत रहेका पाण्डेले संविधानविरोधी गतिविधि, प्रतिगमन र संसद् विघटनजस्ता जनताको हितविपरीत कदम चालेर ओली नयाँ राजतन्त्रको स्वरूपमा देखिएका बताए। ‘नेकपा एकीकृत समाजवादी ओलीको गलत प्रवृत्ति र ओली फालिसकिएको राजतन्त्र बनेपछि जन्मिएको पार्टी हो,’ उनले भने, ‘त्यसकारण यो पार्टीले देशमा नयाँ समाजवाद जन्माउनेछ।’

उनले ओलीको क्रियाकलाप राजतन्त्र शैलीको हुँदा आगामी निर्वाचनमा एमालेको गति उँधो हुने निश्चित भएको दाबी गरे। जनता एमालेको पक्षमा नदेखिएकाले अब निर्वाचनको परिणामले ओलीको प्रवृत्तिलाई प्रस्ट देखाउने पाण्डेको भनाइ छ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यको विकासलाई जोड दिँदै २५ वडामा कार्यक्रम अघि बढाइएको उद्घोष गरे। उनले वडा तहबाटै शिक्षा, स्वास्थ्यको विकासमा टेवा पुर्‍याउने लक्ष्य लिइएको बताए।

अभियानलाई एकीकृत समाजवादी बागमती प्रदेशसभा सचेतक मुनु सिग्देल र हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्वागत गरेका थिए।