मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Wednesday, 09 July, 2025
२o७९ भदौ २० सोमबार २o:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीकाे सनकले हिरासतमा परेका सुरक्षागार्ड रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार २o:१६:oo

मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका गुरुङ सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षागार्ड गुरुङलाई प्रहरीले आइतबार हिरासतमा राखेको थियो।  

सोमबार गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका थिए।