१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२७ मेगावाटको दोर्दी खोलाबाट परीक्षण उत्पादन सुरु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o२:oo

हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाबाट आइतबारदेखि परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी मर्स्याङ्दी करिडोरमार्फत मध्यमर्स्याङ्दी विद्युत्गृहको सिउँडीबारमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक गुरुप्रसाद ढकालले बताए । परीक्षण उत्पादन १५–२० दिन लाग्ने र यसपछि व्यापारिक उत्पादन सुरु हुने उनले बताए ।  

०७२ फागुनबाट निर्माण सुरु गरेको आयोजनाले १५ भदौ ०७५ बाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । पछि समय थपेर ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि ०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि ०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

आयोजना सम्पन्न गर्न सुरुमा चार अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले अहिले करिब पाँच अर्ब रुपैयाँमा पूरा भएको जनाएको छ । आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

प्राधिकरण र सो कम्पनीबीच ०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाका अनुसार सुक्खायाममा ८.४० रुपैयाँ र बर्खायाममा ४.८० रुपैयाँमा विद्युत् खरिद गर्ने सम्झौता भएको छ ।

ad
ad