१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १८ शनिबार १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिन्दुराष्ट्रको आवाज बुलन्द पार्न राप्रपा नेपाल संसदमा पुग्नुपर्छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १७:३५:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश संकटमा रहेको वर्तमान अवस्थामा जनता राजावादी र गणतन्त्रवादीमा विभाजित हुने वेला नभएको बताएका छन्। अहिलेको समयमा सबै मिलेर देशलाई जोगाउनु पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले देश जोगाउने कार्यको नेतृत्व राप्रपा नेपालले लिनेमा आफू विश्वस्त रहेको बताए। 

राप्रपा नेपाल काठमाडौंद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निष्ठापूर्वक हिन्दुराष्ट्रको मुद्दा उठाउने एक मात्र दल राप्रपा नेपाल भएको ठोकुवा गर्दै हिन्दुराष्ट्रको बिउ जोगाउन पनि आगामी निर्वाचनमा राप्रपा नेपाललाई संसदमा पुर्‍याउन आवश्यक रहेको जिकिर गरे। यदि यसो हुन नसकेमा नेपालमा हिन्दुराष्ट्र पुनर्स्थापनाको मुद्दा पनि सदाको लागि मर्ने भएकोले राष्ट्र र राष्ट्रियताप्रति सजग आमजनता समयमै सचेत हुनुपर्ने अध्यक्ष थापाले बताए। 

नागरिकता विधेयक पारित गरी गठबन्धन सरकारले गरेको राष्ट्रघातलाई  चुनावी अभियानका क्रममा राप्रपा नेपालले गठबन्धन सरकारको ‘भण्डाफोर अभियान’ पनि सँगसँगै चलाउने भन्दै थापाले द्रुतगतिमा संगठन विस्तारमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। राप्रपा नेपालले न्यायालयबाट ‘गाई चिह्न’ पाउने आशा गरेको बताउँदै थापाले अधिकारबाट राप्रपा नेपाललाई वञ्चित गराइयो भने संघर्षमा जाने उद्घोषसमेत गरे।