१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १८ शनिबार ११:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई वर्षभित्र सबैको घरमा विद्युत जडान गर्छौं : उर्जामन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १८ शनिबार ११:४३:००

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले दुई वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन् ।

उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन् ।  मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् ।  विद्युत खपत बढाउन सरकारले अभियाननै संचालन गरिरहेको उनको भनाई थियो ।