१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा सार्वजनिक शौचालय : ३२ स्थानका ७२ शौचालय सर्वसाधारणका लागि खुला                      

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१४:oo

पोखरा महानगरपालिकाका विभिन्न ३२ स्थानमा बिहीबारदेखि सार्वजनिक शौचालय खुला भएका छन् । महानगरपालिकाले निजी–साझेदारीमा विभिन्न व्यक्ति, संघसंस्था, फर्म, कम्पनीसँगको साझेदारीमा सर्वसाधारणका लागि सार्वजनिक शौचालय शुभारम्भ गरेको हो। पोखरा न्युरोडस्थित सिटी स्क्वायर प्रालिले सर्वसाधारणका लागि खुला गरेको शौचालयको महानगरका मेयर धनराज आर्चायले बिहीबार शुभारम्भ गरेसँगै ३२ स्थानमा रहेका ७२ शौचालय खुला भएका हुन ।

शौचालयका लागि महानगरले गत ३१ असारमा एक महिनाको समय दिएर सूचना एवं सार्वजनिक रूपमा सरोकारवालाहरूसँग आह्वान गरेको थियो । महानगरको आह्वानपछि विभिन्न व्यक्ति, संघसंस्था, फर्म, कम्पनीसँगको साझेदारीमा ३२ स्थानमा सार्वजनिक शौचालय सर्वसाधारणका लागि खुला भएका हुन् । खुला शौचालय विनाशुल्क सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् ।

मेयर आचार्यले महानगरका विशेष गरी सर्वसाधारणको धेरै आवतजावत हुने क्षेत्रहरूमा एक वर्षभित्र एक सय स्थानमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने जानकारी दिए । शौचालयका कारण बजार आउने र बाटोमा हिँड्ने सर्वसाधारणका लागि अप्ठ्यारो परिस्थितिमा सहजता हुने आचार्यको भनाइ छ ।
 

ad
ad