विस्फाेटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट– २ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् ।
राैतहट- २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितले उनको नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए । गुप्ताले आलमकाे मात्र नाम सिफारिस भएकाे बताए । अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।