निरन्तरको वर्षासँगै बुधबार राति आएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा चार घरपरिवार विस्थापित भएका छन् । बस्तीभन्दा पाँच सय मिटर माथिबाट आएको ढुंगा–माटाेसहितको पहिरोले ढोडेनीको लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको परिवार विस्थापित भएको स्थानीय बखनबहादुर गुरुङले बताए ।
पहिरोले खेतबारीसमेत बगाएको छ। गाउँका अन्य ६ घरसमेत पहिरोको जोखिममा परेको स्थानीय विष्णु गुरुङले बताइन् ।जोखिम अझै कायम रहेकाले पहिरो गएको क्षेत्रमा नजान गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ । पहिरोले भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।