महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । केहीबेर अघि सिंहदरबारमा सुरु समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयानका लागि पुगेका छन् ।
समितिले बुधबारबाट बयान लिन सुरु गरेको हो । बुधबार प्रधानन्यायाधीशको बयानमा सांसदहरूले प्रतिप्रश्न गर्दा चारवटा मात्रै प्रश्न सकिएको छ । समितिले ४३ वटा प्रश्न तयार पारेको छ ।