
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुई सय ४८ चालकलाई कारबाही गरेको छ । नियमित चेकजाँचका क्रममा मंगलबार उनीहरूलाई कारबाही गरेको हो । त्यसमध्ये सातजना विद्यार्थीसमेत छन् ।
बिहान पाँच बजेदेखि आठ बजेसम्मको चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । जसमा मापसे गर्ने तीन बसचालक छन् ।
नयाँबसपार्क क्षेत्रबाट बा.३ख १००३ नम्बरको बसचालक, बा.१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा.४ख ८०५९ नम्बरको ट्रकचालकलाई मापसे गरी सवारीसाधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।