१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Saturday, 21 September, 2024
२o७९ भदौ १३ सोमबार १o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १o:३९:oo

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका– ३ स्थित साततलेमा पहिरो खस्दा सोमबार बिहानैदेखि आवतजावत ठप्प भएको छ ।

तीन–चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ,’ उनले भने, ‘पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला ।’

गएरातिदेखि नियमित परेको वर्षाले पहिरो गएको हो । पहिरो हटाउन कपुरकोटबाट पनि  प्रहरी परिचालन गरिएको छ ।