१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १६:१५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

कवि लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १६:१५:oo

लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका सशक्त हस्ताक्षर कवि यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक गरिएको छ। 

शनिबार भएको एक साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन्।

बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए। 

सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गरेका थिए।