१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २५ मंगलबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै, मूल्य २५ हजार रुपैयाँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:३७:oo

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ। डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो।  

यही भदौ अन्तिम साता काठमाडौंमा उक्त विशेष संस्करणको लोकार्पण हुँदै छ। विशेष सीमित संस्करण एकपटकका लागि २५ सयप्रति मात्र मुद्रण भएको छ, जसको अंकित मूल्य २५ हजार रुपैयाँ रहेको छ। विशेष संस्करणलाई डा. कोइराला आफैँले प्रत्येक पुस्तकमा क्रमसंख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन्।

यद्यपि, विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अंकित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ। नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् ।  

विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सीधै हस्पिटललाई हस्तान्तरण गरिनेछ।

ad
ad