१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ७ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ भदौ ७ मंगलबार १७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसले खटायाे ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ७ मंगलबार १७:५३:oo

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि केन्द्रीय सदस्यहरूलाई प्रतिनिधिको रूपमा खटाएको हो। 

कांग्रेस सूचना अधिकारी केशव रिजालका अनुसार केन्द्रीय प्रतिनिधिलाई वस्तुस्थिति बुझ्नेदेखि बन्न बाँकी रहेका संगठन संरचना निर्माणसम्मको जिम्मेवारी तोकिएको छ। ‘प्रतिनिधिहरूलाई १० भदौभित्र अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको छ, ’रिजालले नयाँ पत्रिकासँग भने, ‘प्रतिनिधिलाई वस्तुस्थिति बुझ्ने, बन्न बाँकी रहेका संगठन संरचना निर्माण र पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ।’

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेल कास्की जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ।

कांग्रेसले खटाएको सूचीअनुसार काठमाडौंमा जितजंग बस्नेतलाई खटाइएको छ भने कास्कीमा प्रदीप पौडेललाई जिम्मेवारी दिइएको छ। कांग्रेस कार्यालय सचिव प्रकाश शर्माका अनुसार जिम्मेवारी दिइएका प्रतिनिधिको नाममा केही फेरबदल हुने सम्भावना रहेको छ। यसको अन्तिम टुंगो बुधबारसम्म लाग्ने उनले जानकारी दिए। ‘केही नाममा फेरबदल हुने क्रममा छ । अन्तिम टुंगो बुधबारसम्ममा लाग्नेछ,’ उनले नयाँ पत्रिकासँग भने।

कुन जिल्लामा को ? 

ललितपुर – नानु बाँस्तोला
काठमाडौं – जितजंग बस्नेत
गोरखा  – ध्रुव वाग्ले
लमजुङ – शंकर भण्डारी
तनहुँ – सुरेन्द्रराज पाण्डे
ताप्लेजुङ– आङ्गेलु शेर्पा
पाँचथर– प्रदीपकुमार सुनुवार
इलाम – महेन्द्रकुमारी लिम्बू
झापा –डिला संग्रौला
संखुवासभा – उमेशजंग रायमाझी
तेह्रथुम – लक्ष्मी परियार
भोजपुर – भीम पराजुली
धनकुटा – राजीव ढुंगाना
मोरङ – ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी– अमृत अर्याल
सोलुखुम्बु –कल्पना चौधरी
खोटाङ – तारामान गुरुङ
ओखलढुंगा – लक्ष्मी खतिवडा
उदयपुर – बलबहादुर केसी

सप्तरी – आनन्दप्रसाद ढुंगाना
सिरहा – महेन्द्रकुमार राय
धनुषा –नगिना यादव
महोत्तरी–मञ्जु खाण
सर्लाही – दिनेशकुमार यादव
रौतहट – अजयकुमार चौरसिया
बारा – रमेश रिजाल
पर्सा –पद्मनारायण चौधरी
दोलखा – शान्ति परियार
रामेछाप – हरिशरण नेपाली
सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्र केसी
धादिङ – मदनकृष्ण श्रेष्ठ
नुवाकोट – मदनबहादुर अमात्य
सिन्धुपाल्चोक – बहादुरसिंह लामा
काभपलाञ्चोक – रमा कोइराला
चितवन – श्यामकुमार घिमिरे
मकवानपुर –उमेश श्रेष्ठ
भक्तपुर–अम्बिका बस्नेत
कास्की – प्रदीप पौडेल
मनाङ – गुरु बराल
मुस्ताङ – कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत – चम्पादेवी खड्का
स्याङजा – चीनकाजी श्रेष्ठ
म्यादी – दिनेश कोइराला
बाग्लुङ –अब्दुल सतार
नवलपुर –सरस्वती अर्याल
नवलपरासी – मानबहादुर नेपाली
रुपन्देही – योगेन्द्र चौधरी
कपिलवस्तु – चन्द्रबहादुर केसी
पाल्पा –अब्दुल रञ्जाक
अर्घाखाँची– गोविन्दराज पोखरेल
गुल्मी –देवेन्द्रराज कँडेल
रुकुम पूर्व – धना खतिवडा
रोल्पा– मैकुलाल वाल्मीकि
प्युठान – जावेदा खातुन जागा
दाङ – गोपाल दहित

बाँके – दीपक गिरी
बर्दिया – गेहेन्द्र गिरी
रुकुम पश्चिम – कृष्णकिशोर घिमिरे
सल्यान – सीता देवकोटा
जुम्ला – रंगमती शाही
मुगु – कान्तिका सेजुवाल
कालिकोट – जानकी सिंह
जाजरकोट –सीताकुमारी राना
दैलेख – राजीवविक्रम शाह
सुर्खेत – सञ्जयकुमार गौतम
बाजुरा – अर्जुनजंगबहादुर सिंह
बझाङ – गोविन्दबहादुर शाह
डोटी – नृपबहादुर बड
अछाम – रणबहादुर रावल
दार्चुला –यज्ञराज जोशी
बैतडी – रमेश लेखक
डडेलधुरा – ईश्वरी न्यौपाने
कञ्चनपुर – रामजनम चौधरी
कैलाली – एनपी साउद

ad
ad
ad
ad