मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ १ बुधबार २०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिप दुर्घटना अपडेट : लमजुङमा जिप दुर्घटना हुँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०७९ भदौ १ बुधबार २०:४५:००

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काफलडाँडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बुधबार पौने ५ बजेको समयमा बेँसीसहरबाट घनपोखरा भाचेतर्फ जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जिप घनपोखराको काफलडाँडास्थित सडकबाट ४० मिटर तल खसेको हो। 

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मर्स्याङ्दी गाउँपालिका २ का वर्ष ५३ की इन्द्रदेवी घलेलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ।

घटनास्थलमा स्थानीय, स्थानीय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाइते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए।