दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा आउँदै गरेको जिप शैल्यशिखर नगरपालिका ६ उलानीमा दुर्घटनामा परेको हो ।

से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । 

सुझावित समाचार