१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूका लागि आज सानेपामा आयोजित अभिमुखीकरण कार्यक्रममा देउवा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसकाे ध्यान बढी उम्मेदवारी दिनेमा होइन, बढी सिट जित्नेमा हुनुपर्छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:३४:oo

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको आगामी निर्वाचनमा बढी सिटमा उम्मेदवारी दिनेभन्दा बढी सिट जित्नेतर्फ सोच्नुपर्ने बताएका छन् । 

गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूका लागि आज सानेपामा आयोजित कार्यक्रममा देउवाले आगामी निर्वाचनलाई कांग्रेसले सबैभन्दा ठूलो पार्टीमा रूपान्तारण हुने अवसरको रूपमा प्रयोग गर्नुपर्ने बताए । 

निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेको स्मरण गर्दै उनले भने, ‘गठबन्धन गर्ने निर्णय भइसकेको छ । सिटको भागबन्डा कसरी गर्ने भन्ने गृहकार्य चलिरहेको छ । हामीले बढी सिटमा उम्मेदवारी दिनेभन्दा पनि बढी सिट जित्नु ठूलो हो । साथीहरूले यो बुझ्नुपर्छ ।’

उनले ०७४ मा एक्लै लड्दा प्रतिनिधिसभा र प्रदेशमा कांग्रेसले राम्रो मत पाए पनि अर्कोतिर बलियो गठबन्धन भएकाले अधिकांश स्थानमा पराजित हुनुपरेको चर्चा गरे । विगतबाट सिक्नुपर्ने भन्दै उनले थपे, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौँ, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नु छ ।’
 

 

 

 

ad
ad