मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०७९ श्रावण २९ आइतबार १८:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ श्रावण २९ आइतबार १८:१९:००

सुर्खेत प्रहरीले छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिकानिवासी बालिकाका बुबालाई प्रहरीले पक्राउ गरेको हो । 
यही साउन २६ गते घटना भएको भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिकालाई बलात्कार गरेको जानकारी आफन्तहरूले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको टोलीले पीडकलाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । पक्राउ पर्ने बाबुको परिचय भने खुलाइएको छैन । 
पीडित बालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । ‘छोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका उनका बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय छिन्चुले अनुसन्धानका लागि आइतबार म्याद थप गरेको छ ।’ 
उनीविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।