Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २९ आइतबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्य सचिवदेखि सचिवहरूमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २९ आइतबार १७:३६:००

सिंहदरबारमा कार्यरत सचिवहरूमा कोरोना संक्रमण देखिन थालेको छ । मुख्यसचिव शंकरदास बैरागीलाई गत शुक्रबार कोभिड संक्रमण पुष्टि भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी कोभिड संक्रमणका कारण एक साताभन्दा बढी समयदेखि अस्पतालमा छन् । 

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुकुमार मरासिनीलाई पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, गृहसचिव टेकनारायण पाण्डे पनि संक्रमित भएका छन् ।