१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २७ शुक्रबार १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, सिट बाँडफाँडबारे छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार १८:४८:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको हो।

स्रोतका अनुसार दुई नेताबीच गठबन्धनमा सिट बाँडफाँड, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतलाई गठबन्धनमा सामेल गर्ने तथा समसामयिक विषयमा छलफल भएको हो। पाँचदिने जापान भ्रमण सकेर नेपाल फर्किएपछि प्रचण्डले पहिलोपटक देउवालाई भेटेका हुन्।

‘उहाँहरूबीच दिँउसो ३ बजेदेखि करिब १ घण्टा छलफल भएको थियो,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो,‘गठबन्धनमा सिट बाँडफाँड, लोसपालगायतलाई गठबन्धनमा सामेल र समसामयिक विषयमा छलफल भयो।’