१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ श्रावण २७ शुक्रबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

 नेपाल टी–२० लिग ड्राफ्टबाट खेलाडी छनोट गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार ११:२४:oo

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी–२० क्रिकेट लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने भएको छ । खेलाडीबारे टोलीलाई पर्याप्त जानकारी नरहने भएकाले पहिलो संस्करणमा ड्राफ्टमार्फत खेलाडी छनोट गर्न लागेको हो । लिगका लागि विभिन्न देशका खेलाडीले आफ्नो नाम प्रस्ताव गरिरहेका छन् ।

क्यानले प्राप्त लिस्टअनुसार विभिन्न श्रेणीमा खेलाडीको वर्गीकरण गरिरहेको छ । खेलाडीको ड्राफ्ट भदौको पहिलो सातामा गर्ने तयारी क्यानले गरेको छ । एक टोलीमा ११ जना नेपाली खेलाडी रहनेछन् । टोली १६ जनाको बनाउनुपर्नेछ । हरेक टोलीले पाँचजना विदेशी खेलाडी भिœयाउन पाउने प्रावधान छ । 

पहिलो संस्करण ८ असोजदेखि ५ कात्तिकसम्म कीर्तिपुरको मैदानमा हुनेछ । क्यानले प्रतियोगितामा विभिन्न ६ सहरका ६ टोलीको सहभागिता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।

ad
ad
ad
ad