१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०९:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अर्को विवादमा  प्रशिक्षक अलमुताइरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०९:०२:००

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विवाद निम्त्याउन सिपालु मानिन्छन् । उनी पटक–पटक विवादमा पर्दै आएका छन् । एसियन कप छनोटपछि कुवेतमा रहेका प्रशिक्षक अलमुताइरीले पछिल्लोपटक फेरि विवादास्पद निर्णय गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्को महिना बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि खेलाडीको प्रारम्भिक नाम सार्वजनिक गरेको थियो । मुख्य प्रशिक्षक अलमुताइरीले मंगलबार सोसल मिडियाबाटै एन्फामा पठाउने खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरे । तर, एन्फा र मुख्य प्रशिक्षक अलमुताइरीले छनोट गरेका प्रारम्भिक खेलाडी भने फरक परेको छ । तत्कालीन समयमा कारबाहीमा परेका १० मध्ये दुई खेलाडीलाई मात्र अलमुताइरीले टोलीमा समावेश गरेका छन् । 

यसअघि एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कारबाहीमा परेका सबै १० जना खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिने घोषणा गरेको थियो । यही बैठकले सबै खेलाडीको कारबाही फुकुवा पनि गरेको थियो ।

एन्फाले एसियन कप छनोटअन्तर्गत नेपाली टोलीमा नरहेका जगजित श्रेष्ठ, दिनेश हेम्जन, मनिष मगर र प्रशान्त अवस्थीलाई डाकेको छ । प्रशिक्षक अलमुताइरीको सूचीमा भने यू–२० टोलीका कप्तान आयुष घलान छैनन् । एसियन कप छनोट खेलेका दर्शन गुरुङ र सन्तोष तामाङ पनि छैनन् । यी दुवै खेलाडी अस्ट्रेलियामा छन् । अलमुताइरीको कारबाहीमा परेका अन्जन विष्ट र तेज तामाङको मात्र एन्फामा नाम पठाएका छन् । अलमुताइरीले एसियन कप छनोटमा प्रतिस्पर्धा गरेको टोलीबाहेक थप ६ खेलाडीको सूची एन्फामा पठाएका हुन् । उनको सूचीमा दिनेश हेम्जन, जगजित श्रेष्ठ, प्रशान्त अवस्थी र मनीष मगर छन् ।

एन्फाले कार्यसमितिको दोस्रो बैठकपछि मैत्रीपूर्ण खेलको मिति र बन्द प्रशिक्षणमा पर्ने खेलाडीको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । तर, आफ्नो सूचीभन्दा फरक खेलाडी समावेश भएका कारण अलमुताइरीले खण्डन गरेका छन् । उनले आफ्नो वकिलसँग छलफल गरी एन्फाविरुद्ध फिफामा निवेदन दिने जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट अलमुताइरीले एन्फाविरुद्ध फिफामा जाने धम्की नै दिए । उनले यसअघि एन्फाबाट आधिकारिक रुपमा स्पष्टिकरणसम्बन्धी कुनै पत्र नआएको दाबी पनि गरेका छन् । ‘मलाई कुनै माध्यमबाट एन्फाले स्पष्टीकरण भने मागेको छ तर जवाफ दिने समय तोकेको छैन,’ उनले भने, ‘जेनेभामा रहेका मेरा वकिलसँग सल्लाह गरिरहेको छ ।’

उनले प्रशिक्षकबारे फिफाको नियम एन्फाले पनि पालना गर्नुपर्ने बताए । अहिलेसम्म खेलाडीसँगको विवादका बारेमा अलमुताइरीले एन्फा कार्यसमितिलाई कुनै पनि जवाफ फर्काएका छैनन् । एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ । कतारको सहयोगमा प्रो–लाइसेन्सप्राप्त अलमुताइरीले २०७७ को चैतदेखि नेपाली टोली सम्हालिरहेका छन् ।