नर्भिक हस्पिटलको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेशपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अदालतप्रति रुष्ट देखिएका छन् ।
सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश सार्वजनिक भएको केही समयपछि शाहले सामाजिक सञ्जालमा स्टाटस खेल्दै असन्तुष्टि पोखेका छन् । उनले नक्सा पास नगरी बनाइएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकारसमेत सर्वोच्चलाई दिन अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’
गैरकानुनी रूपमा निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टे अल्टिमेटम दिएपछि कार्यान्वयन रोक्न नर्भिक इन्टरनेसनल हस्पिटल मंगलबार सर्वोच्च अदालत पुगेको थियो ।
अदालतले बुधबार नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन काठमाडौं महानगरले दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश जारी गरेको हो । आदेश सार्वजनिक भएपछि महानगर प्रमुख शाहले आक्रोशित हुँदै स्टाटस लेखेका हुन् ।
सर्वोच्चको आदेशप्रति बालेनकाे आक्रोश - कारबाही र नक्सा पासको अधिकार सर्वोच्चलाई दिइयाेस्
सुझावित समाचार
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरि…
गगन थापा भन्छन्– सरकार डर होइन, भरोसाको आधारमा चल्नुपर्छ
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा त्रास र धरपकडको वातावरण सिर्जना गरेर सुधार सम्भव नहुने बताएका छन्। उनल…
गाउँगाउँमा टेलिफोन नेटवर्कको समस्या, टेलिकम प्रमुख भन्छन्– कार्यालयबाट केही गर्न सकिँदैन
आठ महिनादेखि हजारौँ सेवाग्राही समस्यामा, ग्रामीण क्षेत्रमा फोन र इन्टरनेट सेवा प्रभावित
राजस्व चुहावट प्रकरण : दमक नगरपालिकालाई दोहोरो रसिद काट्नुको कारण सोध्यो प्रदेश सरकारले
झापा । कोशी प्रदेश सरकारले दमक नगरपालिकालाई सुरुमा कानुनविपरीत राजस्व चुहावट गरेर पछि थप राजस्व लिनुको कारण सोधेको छ । अवै…
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभा…
भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि दिउँसो ४ बजेसम्म
काठमाडौं । जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। सरकारले सा…