१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी एजेन्सी
२०७९ श्रावण २२ आइतबार १४:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इमरान खान नौ क्षेत्रबाट चुनाव लड्ने

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
२०७९ श्रावण २२ आइतबार १४:२१:००

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विधान सभाको रिक्त स्थानका लागि हुन लागेको निर्वाचनमा नौ निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । 

पाकिस्तान तेहरिक आई–इन्साफ (पिटिआई) का प्रमुख रहेका खानले उपचुनाव हुन लागेका सबै नौ स्थानबाट आफैँ लड्ने घोषणा गरेका हुन् । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उपचुनावको तालिका जारी गरेको छ । निर्वाचन आयोगले २५ सेप्टेम्बरमा राष्ट्रिय सभाका नौ रिक्त सिटका लागि उपचुनाव हुने घोषणा गरेको छ । 

पिटिआईका वरिष्ठ उपाध्यक्ष फवाड चौधरीले खान सबै क्षेत्रबाट उम्मेदवार बन्ने बताए । खान प्रधानमन्त्री रहेका वेला विपक्षी गठबन्धनमा रहेको पाकिस्तान तेहरिक–ई–इन्सान दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नौ सदस्यले सामूहिक राजीनामा दिएका थिए । तत्कालीन उपसभामुख कासिम सुरीले उनीहरूको राजीनामा स्वीकृत गरेपछि ती सिट खाली भएका हुन् ।